काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ।
बैंकले पोखरा महानगरपालिका–२६ ढलेपिपलस्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ। बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्नेसम्बन्धी जनचेतनामुलक सन्देशमूलक वोर्डहरु हस्तान्तरण गरेको छ।
यसका साथै बैंकले घोराही उपमहानगरपालिका–१६ तेरोटे, दाङस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सीसीटीभी क्यामेरा जडानका लागि सहयोग गरेको छ भने विदूर नगरपालिका–९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोगसमेत गरेको छ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ।
यसका साथै बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत रु २ करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण–खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएकाृ छ र इच्छुक ग्राहकहरुले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago