काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ९ करोड ९७ लाखमा सीमित थियो । 

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ करोड २६ लाखमा सीमित यस्तो आम्दानी बढेर २५ करोड ७९ लाख पुुगेको छ । 

यो अवधिमा बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब ८० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १२ अर्ब ८८ करोड निक्षेप संकलन गरी ११ अर्ब ४४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्ब कोषलाई पनि उत्साहपूर्ण ढंगले बिस्तार गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६० करोड ३१ लाखमा सीमित रिजर्ब कोष समीक्षा अवधिमा बढेर ९० करोड ९९ लाखको उचाईमा पुुगेको छ । 

बैंकले ०.१८ प्रतिशतमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.०३ प्रतिशतमा झारेको छ। यस्तै, अघिल्लो वर्ष ४.९६ प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ८.०७ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०९१.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.३८ गुणा कायम भएको छ ।