काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५.२३ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ११ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ३२ करोड ५७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ४६ करोड ६७ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ४४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ४१ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार भने १२.८९ प्रतिशतले बढाएको छ । गत वर्ष ६७ करोड ९१ लाख रुपैयाँ रहेको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २९.८६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १०.३८ रहेको छ ।