काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई संगम स्विट्सका काठमाण्डौस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। 

यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले संगम स्विट्सका आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ। साथै बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।