काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णका लागि सोमबार भूमिपूजा तथा भवनको शिलन्यास गरिएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमिपूजा तथा शिलन्यास गरेका हुन्। बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सबल बनाउन सहज हुने र 

बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने ढकालले बताए। शिलन्यास कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, सेयरधनी तथा ग्राहक र कर्मचारीहरुको उपस्थिति थियो। 

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ। हाल देशभर बैंकका १३८ वटा शाखा छन्।