काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो आइतबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १४ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंक अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई कुल १८.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १७.६० प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो।