काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आइतबार बैंकको लोगोको प्रतीक ‘मुक्तिभाइ’ नामक नयाँ ब्रान्ड मस्कट सार्वजानिक गरेको छ। आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्रान्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा र प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको छ।

बैंकका अध्यक्ष भरतराज ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलद्वारा संयुक्त रुपमा एक कार्यक्रममार्फत बैंकको मस्कट सर्वजानिक गरिएको हो। कार्यक्रममा बैंकका संस्थापक सेयरधनीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

बैंकको फेसबुक पेजबाट कार्यक्रमको लाइभ प्रसारण गरिएको थियो। 
बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्सजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ। 

हाल बैंकका १३८ वटा शाखा कार्यालयहरु छन्।