काठमाण्डौ । सोल्टी होटेलले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म होटेलले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म सोल्टीले होटेल व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटेलको आम्दानी पनि ६४.२७ प्रतिशतले बढेको छ।
चौथो त्रैमाससम्म सोल्टी होटेलले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३३ करोड ३७ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १०४.९७ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टी होटेलको रिजर्भको आकार ३६.४७ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८८ करोड ६७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा सोल्टी होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६.१६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.२० रुपैयाँ थियो। होटेलको प्रतिसेयर नेटवर्थ २३.६८ रुपैयाँ रहेको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago