काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १५.५ प्रतिशतका लागि नेको इन्सुरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ४२९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्य अनुसार नेकोको प्रतिकित्ता १ हजार ६५० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नेकोको सेयर कारोबारमा आउने।

नेकोले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५.५ प्रतिशत बोनस सेयर र ०.८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनी यही असार ३१ गते हुने २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज असार १८ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असार १७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।