काठमाण्डौ । गत आर्थिक वर्षको नगद लाभांशका लागि लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै यो फन्डको प्रतिइकाइ १३.९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ १७.४० रुपैयाँ पुगेको थियो। अब समायोजित मूल्यअनुसार यो फन्डको इकाइ कारोबारमा आउनेछ।

यो फन्डले गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। 

लाभांश प्रयोजनका लागि योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले आज साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १४ गतेसम्म कायम सेयरधनीहरु यस फन्डको नगद लाभांश पाउन योग्य भएका छन्।