काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले एभरेष्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरभाउ समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता एभरेष्ट बैंकको ५५० रुपैयाँ, ४०३.८६ रुपैयाँ र सबैको लघुवित्तको १ हजार ५०४.०१ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एभरेष्टको ५८३ रुपैयाँ, शाइन रेसुंगाको ४४८ रुपैयाँ र सबैको लघुवित्तको १ हजार ९७१ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी तीनै कम्पनीको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनै बैंक तथा वित्तीय संस्थाले आज मंसिर १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी तीनै बैंक तथा वित्तीय संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।
एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश बैंकको आउँदो पुस १ गते हुने २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी शाइन रेसुंगाले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको १०.९३ प्रतिशतले हुन आउने बोनस र ०.५७ प्रतिशत हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश बैंकको यही मंसिर २९ गते हुने १३ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
यस्तै सबैको लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश संस्थाको आगामी पुस ३ गते हुने पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago