काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता नेपाल बैंकको ३७८.६८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४३१.७० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नेपाल बैंकको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो मंसिर २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

बैंकले गत आर्थिक वर्षका लागि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशतले हुन आउने बोनस सेयर र ३ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो पुस २ गते हुने ६२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।