काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ३७१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार मिर्मिरेको प्रतिकित्ता १ हजार ४९७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै मिर्मिरेको धितोपत्र कारोबार खुल्नेछ।

मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.२ प्रतिशत बोनस सेयर र बाँकी ०.४८ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश यही चैत १८ गते मिर्मिरे लघुवित्तको १० औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

सभा र लाभांश प्रयोजनका लागि संस्थाले आज चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ आज चैत ५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि चैत ६ गते शुक्रबार (धितोपत्र कारोबार हुँदैन) भने चैत ७ गते (शनिबार) परेको थियो।