काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित बोनस सेयरका लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नाडेपको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ८६५.८३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार नाडेपको प्रतिकित्ता १०३९ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबार खुल्नेछ।
नाडेपले वार्षिक साधारणसभा प्रयोजनका लागि आज माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तर यो लघुवित्तको सेयर कारोबार भने मर्जर प्रयोजनका लागि २०७७ पुस १६ गतेदेखि रोक्का रहेको थियो।
नाडेप र डिप्रोक्स लघुवित्तबीच मर्जरको प्रक्रिया अगाडि बढेको थियो। तर, सेयर संरचना र कर्मचारी समायोजनमा कुरा नमिल्दा मर्जर सफल हुन सकेन।
नाडेपले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यो लाभांश संस्थाको यही माघ १४ गते हुने सातौँ वार्षिक साधारणसभा अनुमोदन गर्नेछ। तर नाडेपले अब अन्य उपयुक्त लघुवित्तसँग मर्जर प्रक्रिया टुंग्याएपछि मात्र यो लाभांश सेयरधनीले पाउनेछन्। किनकि राष्ट्र बैंकले डिमर्जमा कारबाहीस्वरुप यो लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको छ।
त्यसो त नाडेपले आफ्नो वार्षिक साधारणसभा अन्य उपयुक्त लघुवित्तसँग मर्जर प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक सम्पूर्ण कामकारबाही गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि वार्षिक साधारणसभाबाट अनुमोदन गर्नेछ।
25 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago