काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयर प्रयोजनार्थ बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २७१.५ रुपैयाँ कायम भएको छ। 

यसअघिको अन्तिम कारोबार मूल्यअनुसार बरुण हाइड्रोपावरको प्रतिकित्ता ४४३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

कम्पनी सञ्चालक समितिले हकप्रद निष्कासनका लागि कम्पनीले आज साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तय गरिसकेको छैन। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार १५ गते बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।

सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ।