काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुटको पाउने भएका छन्। 

मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालित छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा ८ वटा होटेल तथा रेस्टुरेन्टहरु छन् । 

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो छुटको व्यवस्था गरेको हो ।