काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। 

प्रदेश नम्बर २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको १८५ औँ शाखा हो। 

मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो। मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ।