काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले २०७८ असार ३१ गतेको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको ११ औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ।