काठमाण्डौ । मेगा बैंक नेपालले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.०७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभा छलफल भई पारित हुनेछन्। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।