काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाण्डौमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ। 

काठमाण्डौको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ। 

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधासँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ।