काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८.११ प्रतिशत खुद नाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले ४० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ३२ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा ६२ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले ५७ करोड ७१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ९२ करोड ८१ लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा ७९ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा ७८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार थोरै घटेको छ । गत वर्ष १ अर्ब ९० करोड रुपैयाँ रहेको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा सामान्य घटेर १ अर्ब ८५ करोड रुपैयाँ भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.४८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ११.८३ रहेको छ ।