काठमाण्डौ । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग सहकार्य गरी बीमा शुल्क भुक्तानीका लागि डिजिटल डिजिटल स्ट्यान्डर्ड इन्स्ट्रक्सन (ई–म्यान्डेट) सुविधा नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नो प्रणालीलाई एकीकृत गरी सक्षम पार्ने गरी साझेदारी गरेको छ। 

यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रचलनमा ल्याएको हो। यस व्यवस्थासँगै मेटलाइफ नेपालका ग्राहकले आफ्ना बीमा शुल्क भुक्तानीहरुका लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। यस सुविधाको सदस्यता लिएअन्तर्गत ग्राहकले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन्। 

मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पूरा हुनेछ।

ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती÷आवधिक प्रकृतिको भुक्तानीहरुलाई प्राथमिकता दिनेछ। ग्राहकले यो सुविधाको सदस्यता लिन सक्छन् र निर्धारित मितिमा त्यस्ता भुक्तानी डिजिटल रुपमा गरिन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन्। एकपटक यस सुविधाको सदस्यता लिएपछि ग्राहकले निरन्तर रुपमा यसको फाइदा लिन सक्नेछन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले भने, ‘मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको सहकार्यको यो उत्कृष्ट उदाहरण हो। हामी विश्वस्त छौँ कि यो विकास र प्रवृत्तिले बीमा र बैंकिङ उद्योगका लागि बीमा शुल्क संकलन प्रक्रियालाई परिवर्तन गर्नेछ।’