काठमाण्डौ । विगत ३६ वर्षदेखि सर्टिङ सुटिङ र टेलरिङ जगतमा आफ्नो अलग्गै पहिचान राख्न सफल मेरिना इम्पेक्सले विवाहको मौसमलाई लक्षित गरी स्पेशल अफर ल्याएको छ ।

ग्राहक सामू ल्याइएको मेरिना इम्पेक्सका बजार निर्देशक दिनेश थापाले सोबारे जानकारी दिएका छन् । स्पेशल अफर अन्र्तगत मेरिना इम्पेक्सको शोरुमबाट ४ जोर सुट सिलाउँदा १ जोर सुट को सिलाई फ्रि हुने जनाइएको छ ।

 मेरिनाले न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट यो सेवा प्रदान गर्ने समेत जनाईएको छ । यसको स्पेशल अफरको अवधि बैशाख मसान्त सम्म रहने बजार निर्देशक थापाले बताए । अफरबाट ग्राहकले उपयुक्त लाभ लिन सक्ने समेत इम्पेक्सद्वारा जारी विज्ञप्तिमा उल्लेख भएको छ ।