काठमाण्डौ । अब मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्नका लागि अनलाइन भुक्तानी सेवा प्रदायकहरु थप गरिएका छन्। 

हाल मेरो सेयर पोर्टलबाट एउटामात्रै ई–सेवामार्फत मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो। अब मेरो सेयर पोर्टलबाट कनेक्ट आईपीएस, खल्ती, आईएमई पेस र प्रभु पेमार्फत पनि मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्न सकिने व्यवस्था गरिएको सीडीएससीले जनाएको छ। योसँग मेरो सेयर पोर्टलमा गएर लगानीकर्ताहरुले आफ्नो मेरो सेयर र डिम्याट अकाउन्ट यी अनलाइन भुक्तानी सेवा प्रदायकहरुबाट पनि नवीकरण गर्न सक्ने छन्। 

मेरो सेयर नवीकरण गर्न ५० रुपैयाँ र डिम्याट अकाउन्ट नवीकरण गर्न १०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ।