काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। 

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बठकले कुल १७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लभांशमा चुक्तापुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँको १६.९३ प्रतिशतले हुन आउने १४ करोड ४८ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार २१९.५३ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ। 

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५९ प्रतिशत नगद लाभांश पिवतरण गरेको थियो।