काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाले आगामी असोज ३० गते आफ्नो पाँचौ वार्षिक साधारणसभा आह्वान गर्दै सो प्रयोजनका लागि बुक क्लोजको मिति समेत तोकेको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले नुवाकोटको विदूर ३ स्थित होटल वाटर टावरमा असोज ३० गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।

वार्षिक साधारणसभामा गत आर्थिक वर्षको खुद नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरणको बिषय विशेष प्रस्तावको रुपमा पेश हुनेछ । यो प्रस्ताव पारित भएपछि मेरो माइक्रोफाइनान्सले ६ करोड ६० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १२.१०५ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत सोही साधारणसभाले पारित गर्ने कार्यक्रम रहेको छ । 

यसैबीच, शुक्रबार नै एक सूचनामार्फत यो माइक्रो फाइनान्स कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति समेत तोकेको छ । पाँचौ साधारणसभाका लागि आगामी असोज २ गतेदेखि १० गतेसम्म सेयर दाखिला खारेज कार्य बन्द हुने सूचनामा उल्लेख छ । यसको अर्थ असोज ९ गतेसम्म कारोबार भई असोज २२ गतेसम्म यस संस्थाको सेयर रजिष्टार ग्लोबल आइएमई क्यापिटल लिमीटेडमा सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र बोनस सेयर पाउन सक्नेछन् । 

यो माइक्रो फाइनान्सले गत वर्ष १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।