काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको पौने ६ लाख बढी कित्ता संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज भदौ १६ गते अन्तिम दिन रहेको छ। 

संस्थाले गत भदौ ८ गतेबाट ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ। इच्छुक लगानीकर्ताले एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। 

यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५८० तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।