काठमाण्डौ । स्टार फुटबलर लियोनल मेसीको टिम अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि उचालेको छ। मेसीको करिअरको पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि मेसीको कप्तानीमा अर्टेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा हारको कामना गरेको थियो।

अर्जेटिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधिमाथि कब्जा जमाएको हो। यसका साथ अर्जेन्टिनाले उरुग्वेको सर्वाधिक उपाधि जित हासिल गरेको रकेर्डसँग पनि बराबरी गरेको छ। यी दुवै देशले कोपा अमेरिका कपको उपाधि १५÷१५ पटक उचालेका छन्। 

आज सम्पन्न कोपा अमेरिकाको फाइनलमा नेमार र मेसी आमनेसामने भएका थिए। 

अर्कोतिर आज राति १२ः४५ मा हुने युरो २०२० को फाइनल खेल हुन गइरहेको छ। फाइनलमा इंग्ल्यान्ड र इटाली आमने–सामने हुँदैछन्। इंग्ल्यान्ड भने ५५ वर्षपछि उपाधि उचाल्ने दाउमा छ। यसअघि सन् १९६६ मा विश्वकप बिजेता बनेको थियो। त्यसपछि इंग्ल्यान्डले अहिलेसम्म कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको छैन। 

त्यसो त इंग्ल्यान्डलाई युरो कपको उपाधि जित्न निकै कसरत गर्नुपर्ने देखिएको छ। यसले सामना गर्न लागेको इटालीले यसअघि ४ पटक विश्वकप जितिसकेको छ। – एजेन्सी