काठमाण्डौ । फुटबल जगतको ‘गोट’ (ग्रेटेस्ट अफ अल टाइम) भनिने स्टार फुटबलर लियोनल मेस्सीले एउटा कदमले सबैलाई चकित पारेका छन्। 

सन् २०२२ मा अर्जेन्टिनालाई फिफा विश्वकपको ट्रफी दिएपछि मेस्सीले यस विजेता टोलीका सदस्य र सपोर्ट स्टाफलाई उत्कृष्ट उपहार दिएका छन्। रिपोर्टका अनुसार मेस्सीले टिममेट र स्टाफलाई सुनको आइफोन उपहार दिएका छन् र त्यसमा १ करोड ७२ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

द सनको रिपोर्टका अनुसार मेस्सी यो जित विजेता टोलीका मानिसहरुलाई उपहार दिन चाहन्थे। त्यसैले उनले २४ क्यारेट सुनले बनेका ३५ वटा स्मार्टफोन अर्डर गरे। यी उपकरणमा प्रत्येक खेलाडीको नाम, जर्सी नम्बर र अर्जेन्टिनाको लोगो कुँदिएको छ। यसमा ‘विश्वकप च्याम्पियन्स २०२२’ लेखिएको छ। 

रिपोर्टका अनुसार विश्वकप जितेको केही समयपछि मेस्सीले आइडिजाइन गोल्ड कम्पनीका सीईओ बेन लियोन्ससँग सम्पर्क गरे र त्यसपछि दुवैले यो डिजाइन तयार गरे। मेस्सी आफ्नो विजेता टोलीका सदस्य र स्टाफलाई केही ठूलो र केही फरक दिन चाहन्थे। 

गत वर्ष कतारमा भएको फिफा विश्वकपको फाइनलमा मेस्सीले पेनाल्टी कर्नरमा गोल गर्दै टोलीलाई जिताए र दशकौँपछि विश्वकप घरेलु मैदानमा पुर्याउन सफल भए। उनलाई प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड दिइएको थियो। 

मेस्सीले सन् २०२६ मा हुने अर्को विश्वकप खेल्ने वा नखेल्ने स्पष्ट भइसकेको छैन। विश्वकप जितेपछि मेस्सीले यो प्रतियोगिता आफ्नो अन्तिम फिफा विश्वकप हो भनेका थिए। तर, हालै उनले एक अन्तर्वार्तामा आफू फिट, राम्रो लयमा र खेल्न रमाइलो भएकोले अर्को प्रतियोगिता खेल्ने संकेत दिएका थिए। उनको करिअर कस्तो हुँदैछ भन्ने कुरा विश्वकपमा हुने हो कि नहुनेमा भर पर्छ। –एजेन्सी