काठमाडौं । प्रान आरएफएल ग्रुपले राजधानीको मैतिदेवीमा गत मंसिर २७ गतेबाट घरायसी सामाग्रीका अत्याधुनिक शोरुम सञ्चालन गरेको छ । 

अन्तर्राष्ट्रिय स्तरको क्वालिटी भएका आधुनिक फर्निचरहरुको शोरुम राजधानीको मुटु मैतिदेवीको मैतिदेवी प्लाजामा सञ्चालन गरिएको हो ।

आधुनिक फर्निचर शोरुमको नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले उद्घाटन गर्दै नेपालमा बंगलादेशका उत्पादनले राम्रो बजार लिएको बताइन् । 

उनले प्रानले आफ्ना गुणस्तरीय उत्पादन विश्वब्यापी बनाउँदै गएको अवस्थामा नेपालमा समेत बजार विस्तार गरेर नेपालीलाई गुणस्तरीय सामग्री उपलब्ध गराएकोमा प्रशंसा ब्यक्त गरिन् ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री रेशम लामा लगायत प्रान इन्टरनेशनलका नेपाल प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

आरएफएल शोरुममा मेलामाइन, प्लाष्टिक्स र फर्निचरका गुणस्तरीय घरायसी सामानहरु रहेको शोरुमका सञ्चालक ध्रुव सिग्देलले भने, ‘आरएफएल भनेको बहुराष्ट्रिय कम्पनी हो, जसले विश्वका १ सय ३ देशमा आफ्ना विभिन्न उत्पादन विस्तार गरेको छ ।  नेपालमा विगत वर्षदेखि नै फर्निचर, मेलामाइन र प्लाष्टिक्सका सामग्रीहरु बिक्री भइरहेपनि ब्यवस्थित र एकै ठाउँमा सबै प्रकारका सामग्री पाउने अवस्था थिएन, त्यहि कुरालाई मध्य नजर गर्दै आरएफएल शोरुम सञ्चालन गरेका हौं ।’

अत्याधुनिक शोरुममा ग्राहकले आरएफएलका काठका फर्निचर, सजावटका सामग्री, इलेक्ट्रोनिक्स आइटम लगायत करिब तीनसय भन्दा बढी प्रकारका सामानहरु खरिद गर्न पाउँछन् । आरएफएलका सामग्रीहरु चाइनिज र इण्डियन सामग्रीका तुलनामा केही महंगो भए पनि किफायती र गुणस्तरीय भएको सञ्चालक सिग्देलको भनाई छ ।

करिब ५ करोडको लागतमा शोरुम सञ्चालक गरिएको हो । शोरुमले उद्घाटनका अवसरमा २ प्रतिशत सम्मको छूटको ब्यवस्था गरेको छ ।