काठमाण्डौ । अहिले विश्वका विभिन्न देशमा डेढ सयभन्दा बढी कोरोनाविरुद्धको भ्याक्सिन विकासमा काम भइरहेका छन्। 

रुसले त एउटा भ्याक्सिन प्रयोगमा ल्याउन उत्पादन नै सुरु गर्ने तयारी गरेको छ भने अर्को एउटा भ्याक्सिन पनि प्रयोग ल्याउन अनुमति दिने तयारी गरिरहेको छ। चीन, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत अन्य देशमा कोरोना भ्याक्सिनमाथि ट्रायल भइरहेका छन्। 

यसबीच एउटा चकित पार्ने अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। यो अनुसन्धान प्रतिवेदनले मोटोपन भएका मानिसमा कोरोनाविरुद्धको सम्भावित भ्याक्सिनले कम असर गर्ने देखाएको हो। अर्थात् यदि मोटोपन भएका मानिसमा कोरोना संक्रमण देखिएमा सम्भावित भ्याक्सिनले निको पार्ने सम्भावना निकै हुने प्रतिवेदनले देखाएको हो। किनकि कुनै पनि फ्लुको भ्याक्सिन ३० भन्दा बढी मास इन्डेक्सन (बीएमआई) भएका मानिसलाई निको पार्न निकै कम सम्भावना रहेको प्रतिवेदनमा भनिएको छ। 

यो अनुसन्धानबाट सामान्य तौल भएका मानिसको तुलनामा मोटोपन भएका मानिसमा कोरोना संक्रमण देखिएमा अस्पताल भर्ना गरिहाल्नुपर्ने अवस्था हुने देखिएको छ। युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको एउटा टिमले विश्वभरका करिब ४ लाख मानिसमा गरेको ७५ वटा शोधबाट यस्तो तथ्य सार्वजनिक भएको हो। 

अमेरिकी शोधकर्ताहरुका अनुसार मोटोपनका कारण डायबिटिज र हाई ब्लड प्रेसरको खतरा बढी हुन्छ। यदि इम्युन सिस्टम कमजोर भयो भने संक्रमित व्यक्तिको अवस्था गम्भीर हुने पनि शोधकर्ताहरुले बताएका छन्। – एजेन्सी