काठमाण्डौ । मोडेर्नाले आफूले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेपछि अमेरिकी सेयर बजारमा सोमबार उछाल आएको छ।
यो खबरसँगै डाउ ३०००० विन्दु नजिक पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विट गर्दै नयाँ भ्याक्सिनको खबरले स्टक मार्केट ३०००० विन्दुको निकै नजिक पुगेकोमा बधाइ दिएका छन्।
डाउ जोन्स इन्डस्ट्रियल एभरेज ४४२ अंक अर्थात १.५ प्रतिशतले बढेर २९९२२ को विन्दुमा उक्लिएको छ। यस क्रममा बजारले २९९३३.८३ अंकको इन्ट्रा डे रेकर्ड पनि केही समयका लागि पार गरेको थियो। गत फेब्रुअरीपछि पहिलोपटक रेकर्ड नजिक पुगेको छ।
एस एन्ड पी ५०० एसपीएक्स ३७ अंकले बढेर ३ ६२२ अंक पार गरेको छ। नासडक कम्पोजिट ७१ अंकले बढेर ११९०० को विन्दु पार गरेको छ।
अमेरिकी कम्पनी मोडेर्नाले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको थियो। यो भ्याक्सिनका माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढेको कम्पनीले जनाएको छ।
मोडेर्नाले अबको केही सातामै नियामकसमक्ष यो भ्याक्सिनको अनुमोदनका लागि आवेदन दिने जनाएको छ। उसले यो प्राम्भिक नतिजा सार्वजनिक भएको दिन विश्वकै लागि खुसीको क्षण भएको जनाएको छ। – एजेन्सी
10 minutes ago
17 minutes ago
31 minutes ago
44 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
13 hours ago