काठमाण्डौ । बैंकहरुको बढ्दो ब्याजदरको विषयमा देशभरका उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् । यही क्रममा उद्योग वाणिज्य संघ इटहरीले समेत एक विज्ञप्ति जारी गरी ठूला बैंक तथा बित्तीय संस्थाहरु आफूहरु मात्र बाँच्ने, अरुलाई नबचाउने कठोर संचालन र लगानी रणनीति अबलम्बन गरिरहेका भन्दै आपत्ति जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्टले हालै एक विज्ञप्ति जारी गर्दै बैंक तथा बित्तीय संस्थाहरुले जानकारी नै नदिई ब्याज बढाइरहेका आरोप समेत लगाएका छन् ।
'आफ्नो जायजेथा बैंकमा धरौटी राखी ऋण लिएर व्यापार व्यवसाय संचालन गर्दा बैंकसँग सम्झौता भएको समयको ब्याजदर व्यवसायीलाई कुनै जानकारी नै नदिई एकतर्फी रुपमा ब्याजको दर वृद्धि गर्नुका साथै नवीकरण वा सेवाशुल्क वृद्धि तथा पटकैपिच्छे अनिवार्य प्रोप्राइटरको व्यक्तिगत बिमा पोलिसी व्यवसायीहरुमा लगाइएको कारण व्यापार घाटामा तीव्र वृद्धि भइरहेको छ ।' विज्ञप्तिमा भनिएको छ-'उत्पादन र निर्यातमूलक उद्योग व्यवसायको स्थापना प्रवद्र्धन तथा विकास गर्ने दायीत्व बैंक तथा वित्तीय संस्थाहरुको पनि हो ।'
बिष्टले उच्च बैंक ब्याजदरका कारण बैंकको किस्ता तिर्न नसक्ने र उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले निजी क्षेत्रबाट संचालित बैंकहरुले निजी क्षेत्रकै पीरमर्का नबुझेका आरोप समेत लगाएका छन् ।
6 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago