काठमाण्डौ। के तपाइँको मोबाइलको ब्याट्रीको चार्ज छिटै सकिन्छ ? के तपाइँको फोनको डेटा पनि चाँदी सकिन्छ ?

यदि तपाइँ आफ्नो मोबाइलको धेरै प्रयोग गर्नुहुन्छ भने हुन सक्छ अब तपाइँले डेटा प्लान परिवर्तन गर्ने समय भएको छ। तर यदि होइन भने यो सम्भव छ कि ह्याकरले तपाइँको फोनमा हस्तक्षेप गर्न सुरु गरेको छ। फोनको सुरक्षामाथि भएको हस्तक्षेपका कारण तपाइँको पहिचान र व्यक्तिगत विवरण लिक हुन सक्छ।

अहिले परिस्थितिमा मोबाइल ह्याक गर्ने तरिका परिवर्तन भइरहेको छ। जसका कारण ह्याकरलाई समात्न पनि मुस्किल भइरहेको छ। तर केही सावधानी अपनाएमा तपाइँ आफ्नो फोनलाई ह्याकरबाट सुरक्षित राख्न सक्नुहुन्छ।

फोन ह्याक भएको कसरी पत्ता लगाउने ?

यदि तपाइँको फोनले धेरै डेटा खर्च गरिरहेको त भने ह्याकिङ भएको संकेत हुन सक्छ। 

अमेरिकी कम्प्युटर सिक्युरिटी कम्पनी नर्टनका अनुसार डेटा धेरै खर्च हुनुमा धेरै कारण हुन सक्छन्। जस्तो कि एप्लिकेसनहरुको धेरै प्रयोग। तर यदि तपाइँ आफ्नो फोनको प्रयोग पहिलाजस्तै गरिरहनु भएको छ तर डेटा धेरै खर्च भइरहेको छ भने यस विषयमा गम्भीर रुपमा सोच्न आवश्यक छ। 

नर्टनका अनुसार ब्याट्री कति खर्च भइरहेको छ, त्यसमा पनि ध्यान दिन आवश्यक छ। यदि तपाइँले मोबाइल चलाउने तरिका परिवर्तन गर्नुभएको छैन तर पनि ब्याट्रीको चार्ज छिटै सकिन्छ भने सम्भव छ कि तपाइँ फोन ह्याक भएको छ। 

अर्को एउटा कम्प्युटर सेक्युरिटी कम्पनी क्यास्परस्काईका अनुसार एउटा ह्याक भएको फोनको प्रोसेसिङका सबै पावर ह्याकरको हातमा जान्छ। त्यसैले तपाइँको फोन स्लो हुन सक्छ। बेलाबेला फोनले काम नगर्ने सम्भावना पनि हुन्छ र आफैँ रिस्टार्ट पनि हुन सक्छ।

नर्टन र क्यास्परस्काइ दुवै कम्पनीले प्रयोगकर्ताले आफ्नो फोनको निगरानी गर्न आवश्यक रहेको ठहर्याएका छन्। फोनमा केही यस्ता एप पनि हुन सक्छन्, जुन तपाइँले इन्स्टल नै गर्नुभएको छैन। वा त्यस्तो फोन कल आएको हुन सक्छ जुन तपाइँले ख्यान नै गर्नुभएन। 

क्यास्परस्काइका अनुसार तपाइँले आफ्नो ई–मेल र सोसल मिडिया अकाउन्टमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ। 

मोबाइल फोनलाई कसरी सुरक्षित राख्ने ?

तपाइँको फोन थुप्रै तरिकाले ह्याक भएको हुन सक्छ। त्यसैले एप्लिकेसन डाउनलोड गर्दा पनि सतर्कता अपनाउनुपर्छ। केही भाइरसका माध्यमबाट फोन ह्याक हुन सक्छ। त्यसैले गुगल वा एप्पल स्टोरबाट मात्रै एप्लिकेसन डाउनलोड गर्नुपर्छ। 

नर्टनका अनुसार यदि तपाइँलाई नचिनेको मानिसबाट ई–मेल वा मेसेज आउँछ भने उक्त ई–मेलमा आएका कुनै पनि लिंकमा क्लिन नगर्नुहो। त्यसमा मालवेयर भाइरस मौजुदा हुन सक्छ। 

कम्प्युटर सेक्युरिटी कम्पनी म्याक्कैफेका अनुसार ह्याकर ब्लुटुथ र वाईफाईको मद्दतले पनि तपाइँको फोन सजिलै ह्याक गर्न सक्छन्। त्यसैले आवश्यक नरहेको समयमा ब्लुटुथ र वाईफाई बन्द गर्नुपर्छ। 

क्यास्परस्काई आफ्नो फोन सधैँ साथमा राख्न, पासवर्ड सेभ न गर्न र एप्लिकेसन हमेशा अपडेट गर्न सुझाव दिन्छ। 

यदि फोन ह्याक भयो भने के गर्ने ?

नर्टनले यस्तो अवस्थामा आफ्नो फोनमा सेभ गरिएका नम्बरहरुलाई आफ्नो फोन ह्याक भएको जानकारी गराउनुपर्छ। अनि आफ्नो फोनबाट गएको कुनै पनि लिंकमा क्लिक नगर्न आग्रह गर्नुपर्छ। 

त्यसपछि त्यस्ता शंकास्पद एपहरुलाई हटाउनुपर्छ, जसको माध्यमबाट ह्याकरले तपाइँको फोन ह्याक गरेको अनुमान लगाउन सकिन्छ। फोनलाई रिसेट पनि गर्न सकिन्छ तर यसले तपाइँको फोनमा रहेका डेटा हराउने सम्भावना हुन्छ। 

त्यसपछि तपाइँले आफ्नो फोनको सबै पासवर्ड परिवर्तन गर्नुपर्छ। किनकि पासवर्ड लिककै कारण पनि तपाइँको फोन ह्याक भएको हुन सक्छ। – एजेन्सी