काठमाण्डौ । घर होस् वा अफिस मोबाइलमा नेटवर्क समस्याले हैरान पार्छ? कहीँ कतै घुम्न जाँदा बीच–बीच मोबाइलको नेटवर्क नै हराउँछ ? यी समस्या दिनहुँ आउने गर्छन् । कुनै पनि मोबाइल कम्पनी यस्ता समस्याबाट आम उपभोक्तालाई छुट्कारा दिलाउन सकेका छैनन् । 

तर अब मोबाइलमा नेटवर्क समस्याका विषयमा चिन्ता लिने दिनको अन्त्य हुँदैछ । एउटा चिनियाँ कम्पनीले यस्तो टेक्नोलोजी विकसित गरेको दाबी गरेको छ कि जसले गर्दा विना नेटवर्कका बाबजुद पनि मोबाइलमा कुराकानी र म्यासेज पठाउन सम्भव हुनेछ ।

चिनियाँ कम्पनीले यो टेक्नोलोजीमा नाम ‘मेस टक’ राखेको छ । र यो टेक्नोलोजीको विकास गरेको हो, चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले । 

कम्पनीले संघाई मोबाइल वल्र्डमा दुईवटा नयाँ टेक्नोलोजी पेस गरेको छ । जसमा एउटा ‘मेस टक’ र अर्को ‘इन स्क्रिन क्यामेरा’ टेक्नोलोजी हो ।

कम्पनीको दाबी छ कि मेस टक टेक्नोलोजीको मद्दतले दुई ओप्पो फोन युजर तीन किलोमिटरको दूरीमा मोबाइल नेटवर्क, वाईफाइ वा ब्लुटुथ विना नै आपसमा कुराकानी गर्न सक्नेछन् र म्यासेज आदानप्रदान गर्न सक्नेछन्। कम्पनीले यो पनि दाबी गरेको छ यो टेक्नोलोजीले निकै भीडभाड भएको क्षेत्रमा पनि राम्ररी काम गर्नेछ । 

ओप्पोले मेस टक टेक्नोलोजीका साथै इन स्क्रिन क्यामेरा फिचर पनि विकास गरेको छ । अहिलेसम्म आएका मोबाइल फोनमा क्यामेरा स्क्रिनको बाहिर हुने गरेको थियो तर नयाँ टेक्नोलोजीअन्तर्गत क्यामेरा स्क्रिनसँगै अट्याच हुनेछ अर्थात् स्क्रिनले नै लेन्सले जस्तै सबै काम गर्नेछ । 

यो मोबाइलमा क्यामराका लागि दिइने स्पेस कम हुनेछ । यो टेक्नोलोजी भविष्यमा नयाँ फिचर र ब्याट्रीको स्पेस बढाउनमा मद्दतगार साबित हुन सक्छ । – एजेन्सी