काठमाण्डौ । एलजी कम्पनीले मोबाइल फोन बिजनेस युनिट बन्द गर्ने घोषणा गरेको छ। यस्तो फैसला लिने यो पहिलो दक्षिणी कोरियाली कम्पनी पनि हो। 

कम्पनीले एउटा वक्तव्य जारी गर्दै यो फैसलामा बोर्ड अफ डाइरेक्टर्सको पनि अनुमति प्राप्त भइसकेको जानकारी गराएको छ। कम्पनीले मोबाइल फोन बिजनेसबाट बाहिरिने निर्णय अहम रणनीतिक फैसला रहेको प्रस्ट पारेको छ। 

यो फैसला लिए पनि कम्पनीले आफ्ना मौजुदा ग्राहकलाई सर्भिस सपोर्ट पनि दिइरहने जनाएको छ। साथै आवश्यक सफ्टवेयर अपडेट्स पनि गर्दै जाने कम्पनीले जनाएको छ।

कम्पनीले अब इलेक्ट्रिक करका लागि पार्टपुर्जा बनाउने, कनेक्टेड डिभाइस बनाउने, रोबोटिक्स, स्मार्ट होम सोल्युसन्स र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो ध्यान बढाउने जनाएको छ। – एजेन्सी