काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरिएको मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज माघ १५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओको निष्कासन बन्द गत माघ ३ गतेबाटै गरिएको थियो।
यो आईपीओमा स्थानीयका लागि भने गत माघ १० गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको अब यो आईपीओमा स्थानीयले आज माघ १५ गतेसम्म खरिद आवेदन दिन सक्ने व्यवस्था गरएको धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले जनाएको छ।
कम्पनीले स्थानीयका लागि जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरिएको छ।
आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago