काठमाण्डौ । एनएमबि बैंकले एनएमबि सापट, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बताएको छ । यो नेपालमै पहिलो पटक २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट नै प्राप्त गर्न सकिन्छ । 

एनएमबि सापटी ग्राहकहरु को व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलव खाता भएका तलबी कर्मचारीहरुलाई रु. १,००,००० सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।


“एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले  ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूणर् कर्जाको शुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउँदछ । एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गर्दछ । ” एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।