– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तीव्र तयारीमा जुुटेको छ।
प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि चालुु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउन राष्ट्र बैंक सोहीअनुरुप अघि बढेको हो। मंसिर ४ गते एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइसकेको छ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा सम्बन्धित टोली जुुटिरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘यस सम्बन्धमा व्यवस्थापन समितिका बैठकहरु भइरहेका छन्’, उनले भने।
आउँदो साताभित्र मौद्रिक नीतिको त्रैमासिक समीक्षा आउने सम्भावना रहेको राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्। ‘निर्वाचनपछि मात्रै मौद्रिक नीतिको समीक्षाको तयारीमा राष्ट्र बैंक लाग्दा यो साताभित्रै आउने सम्भावना ज्यादै कम छ’, उनले भने, ‘त्यसैले आगामी साताभित्र समीक्षा आउन सक्छ।’
मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंकहरुको ब्याजदरलाई थप बढ्न नदिने तथा केही नीतिगत व्यवस्थामा फेरबदल हुुनसक्ने राष्ट्र बैंक स्रोत बताउँछ। ‘केही नीतिगत व्यवस्थामा संशोधन गर्ने कि भन्ने विषयमा छलफल हुँदैछ तर के–के संशोधन गर्ने टुुंगो लागिसकेको छैन’, स्रोतले भन्यो।
उद्योगी–व्यवसायीहरु चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमाथि खनिएका छन्। त्यसैले उनीहरुको दबाबमा राष्ट्र बैंक परेको छ।
उद्योगी–व्यवसायीले निर्वाचनसम्मका लागि भनेर आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन्। तर, आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago