काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने सम्भावना रहेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीति तयार भएको जानकारी दिँदै भोलि सार्वजनिक हुन सक्ने सम्भावना रहेको बताएका हुन्। राष्ट्र बैंकको आज साँझ बस्ने बोर्ड बैठकमा मौद्रिक नीति पेश गरिने र पास भएपश्चात् भोलि सार्वजनिक गर्ने तयारी भएको शिवाकोटीले बताए ।
कोभिड १९ का कारण थिलथिलो भएको अर्थतन्त्रलाई उकास्ने अस्त्रका रुपमा मानिँदै आएको यो वर्षको मौद्रिक नीतिलाई विशेष चासो र व्यग्रतापूर्वक हेरिएको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago