काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आगामी सोमबार ल्याउन सक्ने सम्भावना देखिएको छ। 

राष्ट्र बैंकस्थित उच्च स्रोतका अनुसार मौद्रिक नीतिका विषयमा व्यवस्थापन तहको छलफल लगभग निष्कर्षमा पुगिसकेको छ। तयार भएको नीतिका विषयमा उच्च व्यवस्थापनमा छलफल भएपछि राष्ट्र बैंकले बोर्ड बैठक बोलाउने गर्छ। 

केन्द्रीय बैंकका एक उच्च अधिकारीका अनुसार मौद्रिक नीतिका विषयमा छलफल गर्न आइतबार बोर्ड बैठक बोलाइने सम्भावना छ। ‘त्यस कारण मौद्रिक नीति छिटोमा सोमबारसम्म आउन सक्छ’, ती अधिकारीले भने, ‘केही ढिलो भइहाल्यो भने आगामी हप्ता कट्दैन।’