– रेखा चन्द
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मुुलुुकको सम्रग अर्थव्यवस्थालाई हेरेर कसिलो खालको मौद्रिक नीति ल्याइएको छ।
प्रस्तुत छ मौद्रिक नीतिमा बैंकरहरुको प्रक्रिया –
प्रद्युम्न पोखरेल– सीईओ, मुक्तिनाथ विकास बैंक
अहिलेको समयलाई हेर्दा आज आएको मौद्रिक नीति सन्तुलित देखिन्छ। बैंकहरुको सीआरआरको सीमा ३% बाट ४% भएको छ। एसएलफ पनि बढेको देखिन्छ। मुुद्रास्फीति तथा आयात धेरै बढ्छ। मौद्रिक नीति अलि कसिलो नै आउने हाम्रो पहिलेदेखि आँकलन थियो। अहिलको अवस्थामा कसिलो मौद्रिक नीति आवश्यक पनि हो। अब बैंकहरुको करिब ५० अर्बजति निक्षेप सीआरआरमा जान्छ। जे भए पनि अहिलेको मौद्रिक नीतिलाई सन्तोषजनक नै मान्नुुपर्छ।
मनोज ज्ञवाली– नायब सीईओ, नबिल बैंक
अहिलेको परिस्थितिलाई हेरेर राष्ट्र बैंकले ठिकैको मौद्रिक नीति ल्याएको छ। महँगी नियन्त्रण गर्ने र बाह्य क्षेत्रको स्थायित्वलाई कायम राख्ने विषयलाई प्राथमिकता दिइएको छ। सरकारले लिएको ८%को आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन नसक्ने स्थितिमा रहेको कुरा प्रस्ट आएको छ। तर, पनि सरकारले लिएको लक्ष्य र बजारको अवस्थाबीचमा आएर काम गरेको देखिन्छ। यतिबेला जस्तो प्रकारको मौद्रिक नीति आएको छ, यसले लगभग सबैले लिएको आशा पूरा गरेजस्तो देखिन्छ।
प्रकाशराज शर्मा– सीईओ, लक्ष्मी लघुवित्त
हामीले विपन्नवर्ग कर्जाअन्तर्गत ब्याजदरलाई आधारदरसँग १% गर्न सुुझाव दिएका थियौँ। त्यसमा राष्ट्र बैंकले मौद्रिक नीमिार्फत २% कायम भनेर सम्बोधन गरेको छ। जुुन लघुवित्तका लागि एकदमै सकारात्मक कुरा हो। अब यसले व्याजदरलाई सन्तुलन गर्छ। अर्को पहिले डिबेन्जर होलसेललाई मात्रै दिने भनिएको थियो। तर, सबै लघुवित्तका लागि डिबेन्चर जारी गर्न पाइने व्यवस्था गरिएको छ। त्यो पनि हाम्रो माग सम्बोधन भएकोजस्तो लाग्छ। बजेटले ल्याएको लघुुवित्त कोषलाई मौद्रिक नीतिले पनि सहजीकरण गर्ने कुरा आएको छ। अझै कतिपय कुराहरु निर्देशनमार्फत पनि आउने भएकाले समग्रमा आएको मौद्रिक नीति सकरात्मक नै छ।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago