काठमाण्डौ । मौरीहरु तीव्रगतिमा लोप हुँदै गएका छन्। यसरी मौरीहरु लोप हुँदै जानुमा एउटा प्रमुख कारण कृषिमा विषादीको प्रयोग हो। 

जंगली फूल र पातहरु ओगट्ने ठाउँको कमीका कारण यी पनि मौरीहरु हराउँदै गएका छन्। यो सामान्य बदलाव होइन। 

मौरी रहुन् वा नरहन्, यसले के फरक पार्छ भन्ने प्रश्न उठ्न सक्छ। यसले ठूलो असर गर्छ। 

मौरीमा देशको साख वा क्रेडिट योग्यता बनाउन वा बिगार्न सक्ने क्षमता हुन्छ। नयाँ अनुसन्धानबाट यो कुरा बाहिर आएको हो। त्यसैले महको सन्दर्भमा मात्रै नहेर्नु राम्रो हुनेछ। 

अब मनमा धेरै प्रश्न उठ्न सक्छन्। जस्तै– देशको क्रेडिट रेटिङ के हो ? एक क्रेडिट रेटिङ कसले र कसरी तय गर्छ ? यसमा मौरीमा भूमिका के छ ? 

क्रेडिट स्कोर वा क्रेडिट रेटिङका बारेमा धेरैले सुनेको हुनुपर्छ। त्यसैका आधारमा बैंक तथा वित्तीय कम्पनीले ऋण दिन्छन्। यसले मानिसको साख दर्शाउँछ। मानिसको जस्तै देशको पनि क्रेडिट रेटिङ हुन्छ। कुनै देशले विदेशी लगानीकर्ताबाट ऋण लिनु परेमा आफ्नो ऋणयोग्यता प्रमाणित गर्नुपर्छ। यो निश्चित कम्पनीहरुद्वारा मूल्यांकन गरिन्छ। यिनीहरुलाई क्रेडिट रेटिङ एजेन्सीहरु भनिन्छ। यी कम्पनीहरुमा फिच, स्ट्यान्डर्ड एन्ड पुअर्स र मुडिज पर्छन्।

तिनीहरुले देशको क्रेडिट रेटिङ निर्धारण गर्न धेरै चिजहरुको मापन गर्छन्। यसमा आर्थिक वृद्धि, मुद्रास्फीति, राजनीतिक स्थायित्व र केही अन्य कुरा समावेश हुन्छन्। यो रेटिङले लगानीकर्तालाई त्यो देशको सरकारी ऋणपत्रमा लगानी गर्ने वा नगर्ने बाटो देखाउँछ। देश डिफल्ट हुनुको अर्थ लगानीकर्ताबाट लिएको ऋण र त्यसको बदलामा तिर्ने वाचा गरेको ब्याज भुक्तानीमा चुक्यो भन्ने हो। श्रीलंका यसको पछिल्लो उदाहरण बनेको छ। 

अब प्रश्न उठ्छ कि जब रेटिङ निर्धारणमा मौरीको कुनै प्यारामिटर छैन भने यसको कनेक्सन के हो ?

यस्तो छ कनेक्सन

विश्वमा आर्थिक उत्पादनको आधा हिस्सा प्रकृतिसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। यसको मूल्य लगभग ४४ ट्रिलियन डलर छ। जैविक विविधताको प्रकृतिमा फरक महत्व छ। मौरीहरु यसको अंश हुन्। परागकण भएकाले मौरीले बाली उत्पादनमा असर पार्न सक्छ। तिनीहरुको कमीले बालीबाट आम्दानी कम हुन सक्छ। यसले कृषि आम्दानी करिब ३० प्रतिशतले घटाउन सक्छ। प्रतिवेदनमा जैविक विविधताका मुद्दालाई देशको विश्वसनीयतासँग जोडिएको छ। यस अनुसन्धानमा तीन प्रकारका अवस्थाहरु लिइएका छन्। 

के छ अवस्था ? 

यसमा पहिलो अवस्था ‘यथास्थिति’को हो। अर्थात्, देशले जैविक विविधतामा थप परिवर्तन हुन नदिने निर्णय गर्नुपर्छ। 

दोस्रो अवस्था भनेको ‘जसरी चलिरहेको छ, त्यस्तै’ हो। कुनै हस्तक्षेप नगरी अवलम्बन गरेको बाटोलाई पछ्याउने हो। 

तेस्रो अवस्था खतरनाक छ। अर्थात् जैविक विविधताको अन्त्य।

यी तीनवटै अवस्थामा अर्थतन्त्रमा के फरक पर्ला भन्ने कुरा प्रतिवेदनमा हेरिएको छ। पहिले अन्तिम अर्थात् सबैभन्दा खराब अवस्था हेरौँ। यसमा ५८ प्रतिशत देशको क्रेडिट रेटिङ घट्नेछ। २० प्वइन्ट स्केलमा यो गिरावट ६ प्वइन्टको हुनेछ। क्रेडिट रेटिङमा गिरावटको अर्थ ब्याजको लागत बढ्ने हो। 

यदि दोस्रो अवस्था अर्थात् ‘जसरी चलिरहेको छ, त्यस्तै’ हेर्छौं भने रेटिङमा ढिलो गिरावट आउनेछ। यो गिरावटले विदेशी लगानीको गतिमा असर पार्न सक्छ। –एजेन्सी