गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ ।
नयाँवर्षको अवसर पारेर आजबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।
आज बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो ।केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं. ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।
केवलकारमार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारको दुइतर्फी मूल्य रु ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुका लागि रु ४१५, जेष्ठ नागरिकहरुका लागि रु. ४१५ र फरक क्षमता भएकाहरुका लागि रु २७५ को टिकटदर राखेको छ ।
केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुका लागि निःशुल्क सेवा दिइने जनाएको छ ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago