काठमाण्डौ । आज नेप्सेको म्याक्डीको आवरली चार्टमा बुलिस क्रसओभर बन्दै गरेको देखिएको छ। (हेर्नुहोस् म्याक्डीमा कालो एरो) 

यस्तै आकृति केही समय पहिला बन्दा बजारमा अल्पकालका लागि बढोत्तरी आएको थियो। (हेर्नुहोस् हरियो एरो)

म्याक्डीमै हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा हुँदै गएका छन्। यसले आगामी कारोबारमा पोजेटिभ हुन सक्ने देखिन्छ। 

आवरली चार्टमा नै बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर माथिको यात्रा तय गरेको देखिन्छ। यसले बजारमा अब केही समय अल्पकालीन बाउन्सको सम्भावना देखिन्छ। 

आरएसआई ओभर सोल्ड जोन २५ बाट फर्केर ३० भन्दा माथि हाल ३८ को तहमा रहेको छ। यसले बजारले उकालो यात्रा तय गर्दै गरेको बुझिन्छ।