काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। कारोबार भने आज १ अर्ब रुपैयाँभन्दा कमको भएको छ। 

कारोबार र भोलुमका आधारमा भने आज बजारमा खासै उत्साह देखिएन। तर। सूचक भने उकालो लागेको छ। 

विभिन्न प्राविधिक औजारहरुका आधारमा बजार साइडवेजमा चलेको र अनिर्णित भएको देखिन्छ। तर, आवरली चार्टमा डाउ थेउरीअनुसार हेर्ने हो भने बजारले हयर हाई र हायर लो बनाएको देखिन्छ । यसले बजार विस्तारै सम्हालिँदै गएको बुझिन्छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्ने हो भने बजारले गएका दुई दिनको कारोबारमा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। म्याक्डीमा जिरो लाइनभन्दा माथि नै हिजो बनेको बियरिस क्रसओभर पुनः आज बुलिस बन्दै गरेको देखिन्छ। यदि बजार जिरो लाइनभन्दा माथि बुलिस बन्छ बजारले फड्को मार्ने सम्भावना रहन्छ।

आरएसआईमा गत १३ नोभम्बरमा ओभर सोल्ड जोनमा पुगेको बजार हाल बढोत्तरीका साथ न्युट्रल जोनभन्दा माथि ५६ मा पुगेको छ। यसले बजार बढ्दो गतिमा रहेको बुझिन्छ। 

सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। त्यसैले लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।