काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारी वर्षाका कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट अतिप्रभावित स्थानीयलाई राहात प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत बैंकको गण्डकी प्रदेशका प्रबन्धक विभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले एक कार्यक्रमबीच जिल्ला समन्वय समिति म्याग्दीका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत प्रभावित स्थानीयलाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका हुन्। कार्यक्रममा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र बैंकको जलजला शाखाका प्रबन्धक दिलेश अर्याल पनि उपस्थित थिए। 

बैंकले उपलब्ध गराएका पालहरूमा एउटा पालमा १० जनासम्मले आश्रय लिन सक्छन्। पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो। 

पहिरोपीडितहरूलाई सहयोग पुर्याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति भएको बैंकले जनाएको छ।