काठमाण्डौ । बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा डिजिटल माध्यमलाई जोड दिन जीवन बिमा कम्पनीहरुलाई सर्कुलर गरेको छ । 

आइतबार सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर पठाउँदै वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा पाउने व्यवस्था गर्न भनेको हो । 

समितिले सो विषयमा जीवन बिमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन समेत दिएको छ । 

वैदेशिक रोजगार म्यादी जीवनबिमा पोलिसी जारी गर्दा लाग्ने बिमाशुल्क वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिबाट नगद, चेक अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी लिने व्यवस्था गर्न निर्देशन दिइएको छ । 

समितिले यस्तो सेवा सहजै पाउने व्यवस्था समेत गर्न भनेको छ । 

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको इलेक्टोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बिमालेख जारी गर्दा विद्यमान कानूनी व्यवस्था समेतलाई मध्यनजर गरी प्रिन्ट कपीसहित आवश्यकता अनुसार  डिजिटल इलेक्टोनिक्स बिमालेख समेत जारी हुने गरी व्यवस्था मिलाउन समेत समितिले सर्कुलर गरेको छ । 

व्यक्तिको सुरक्षालाई समेत ध्यानमा राखी वैदेशिक रोजगारमिा जाने व्यक्तिले श्रम स्वीकृति प्राप्त गरी विदेश प्रस्थान गर्नुअघि ३ महिना र बिमा अवधि समाप्त नहुँदै अर्को भिसाका लागि प्रक्रिया सुरु गर्न लाग्ने ३ महिना समेत गरी थप ६ महिना मात्र लागू हुने गरी बिमा गर्ने व्यवस्था गर्नुपर्ने समेत सर्कुलरमा उल्लेख छ । साथै विद्यमान कायम रहेको थप एक वर्षको सट्टा ६ महिना मात्र समयावधि रहने भएकोले बिमाशुल्क निर्धारण गर्दा ६ महिनाको समानुपातिक रुपमा संकलन गर्ने व्यवस्था गर्नुहुन । सर्कुलरमा भनिएको छ । 

समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा बिमा अवधि थप गर्नका लागि तिर्नुपर्ने बिमाशुल्क अनलाइन सेवाप्रदायकमार्फत तिर्नसक्ने गरी व्यवस्था मिलाउन समेत जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

समितिले रु. १० लाख बिमांक रकमको चैतबाटै लागू हुने गरी वैदेशिक रोजगार(म्यादी) जीवन बिमालेखका लागि बिमाशुल्क समेत तोकिदिएको छ ।

जुन यसप्रकार छः