काठमाण्डौ । लामो समयसम्म बन्द रहेको म्यारिओट ग्रुपले चीनमा रहेका आफ्ना सबै होटल पुुनः खुुला गरेको छ।

चीनको यात्रा व्यवसायमा वृद्धि भएपछि आफुुले चीनमा रहेका सबै होटलहरु खोल्ने निर्णय गरेको म्यारिओटले जनाएको छ। विश्व तेस्रो सबैभन्दा ठूलो होटेल चेन भएको म्यारिओटको चीनभरि ३५० वटा आउटलेट छन्। 

चीनभरि रहेका आफ्ना होटलहरुमा अहिले ४० प्रतिशत ओकापेन्सी दर रहेको म्यारिओटले जानकारी दिएको छ। गत साता होटलले सन् २००८ मा भएको ९/११ को आतंकारी हमलाको भन्दा कोरोनाको महामारीले होटलको आर्थिक अवस्थामा धेरै प्रभाव पारेको जनाएको थियो। 

म्यारिओटका प्रमुुख कार्यकारी अधिकृत आर्ने सोरेन्सनले कोरोनाको प्रकोप उच्च रहेको गत जनवरी महिनामा होटलको अकोपेन्सी दर ७ प्रतिशत रहेको बताए। यसका साथै उनले चीनमा अहिले मनोरञ्जनका लागि यात्रा वृद्धि नभइरहेको तर व्यापारव्यवसायका लागि हुुने भ्रमणहरु भने बढिरहेको बताए। 

होटेलको अकोपेन्सी दरमा वृद्धि भए पनि यसले कोरोनाको प्रकोप देखिनुु पूर्वको जस्तै सुुधार हुुन धेरै समय लाग्न सक्ने चेतावनी दिएका छन्। म्यारिओटले अमेरिकामा समेत होटलको मागमा सुुधार भइरहेको बताए। 

३० वटाजति ब्रान्ड संलग्न भएको म्यारिओट गुुप्रमा रिज् कार्लटन, सेन्ट रेगिस र सेराटन पनि समावेश छन्। कोरोनाको महामारीका कारण होटलले कामदारको संख्यामा कटौती गर्नुुका साथै तलबमा समेत अक्टोकर महिनासम्मका लागि कटौती गरेको छ। 

कोरोनाको महामारीले पुुर्याएको क्षतिबाट सन् २०२१ अघि सम्म माथि उठ्न नसकिने होटलले जनाएको छ। प्रतिस्पर्धी होटल हिलटनले दुुई साताअघि नै चीनमा रहेका आफ्ना सबै २५५ वटा होटल खुुला गरेको थियो। यसका लागि होटलले कर्मचारी र ग्राहकको स्वास्थ्यमा विशेष ध्यान दिएको दाबी गरेको छ। 

कोरोनाभाइरसको प्रकोपका कारण सबैभन्दा पहिले प्रभावित हुुने होटल र यात्रा क्षेत्र थिए। गत महिना सांघाई डिज्नेल्यान्डले कडा सामाजिक दूरी र सीमित दैनिक ग्राहकको नियमका साथ आफ्नो गेट पुुनः खोलेको थियो। कम्पनीले कोरोना पूर्वको दैनिक ८० हजार ग्राहकबाट घटाएर २४ हजारमा सिमित गरेको थियो। – एजेन्सी