काठमाण्डौ । ह्वाट्सएपले अब प्रयोगकर्तालाई म्यासेज एडिट गर्न मिल्ने फिचर ल्याउने भएको छ।
ह्वाट्सएपले प्रतिद्वन्द्वी सोसल मिडिया प्लेटफर्म टेलिग्राम र सिग्नलसँग प्रतिस्पर्धा गर्न नयाँ फिचर ल्याउने निर्णय गरेको छ। ह्वाट्सएपले म्यासेज पठाएको १५ मिनेटभित्र एडिट गर्न सकिने जनाएको छ। अबको केही हप्तामा यो फिचर प्रयोगकर्तालाई उपलब्ध गराइनेछ।
सोमबार ह्वाट्सएपले एक ब्लगमा लेखेको छ, ‘स्पेलिङ सच्चाउनदेखि म्यासेजमा केही थप्नसम्म, अब प्रयोगकर्ताले म्यासेजहरुमा थप नियन्त्रण राख्न सक्नेछन्। हामी यो फिचरलाई लिएर निकै उत्साहित छौँ।’
ब्लगमा थप लेखिएको छ, ‘म्यासेज एडिट गर्न प्रयोगकर्ताले पठाएको म्यासेजमा केहीबेरसम्म थिच्नुपर्छ र त्यसपछि एडिट फिचर चयन गर्नुपर्नेछ।’
म्यासेजहरु १५ मिनेटभित्रै एडिट गर्न सकिन्छ। एडिट गरिएको सन्देशमा ‘एडिटेड’ ट्याग लागेको हुनेछ। यसले प्राप्तकर्तालाई म्यासेज एडिट भएको जानकारी दिनेछ। –एजेन्सी
7 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago